जुम्ला प्रहरीबाट सुन, चाँदी सहित ठूलो मात्रामा गरगहना बरामत
जुम्लाको प्रहरीले डाका चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठूलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीको विशेष अभियान अन्तरगत मुगुमा हात हतियार सहित डाँका चोरीको घटनामा संलग्न व्यक्तिबाट साढे ३ तोला सुन, ६१.४२ तोला चाँदी, ४० थान मुगा, विभिन्न चाँदीको सिक्का, सहित विभिन्न गरगहना बरामत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक क्षदीलाल कामतीका अनुसार मुगुको घटनामा हात हतियार सहित पक्राउ गरि पठाईएका व्यक्तिबाट थप अनुसन्धान गर्दा सो सामग्री गुठिचौर गाउँपालिका ३ स्थित एक जना सो घटनामा संलग्न व्यक्तिको घरमा भेटिएर बरामत गरिएको हो । उनका अनुसार मुगुको डाँका चोरी मुद्धाका पक्राउ प्रतिवादी पातारासी २ तल्फि घर भई कालेखोली ग्यारेजमा काम गर्ने तुल कामी, गुठिचौर ३ बस्ने आक्रोस भण्डारी सहित ५ जना पक्राउ गरि मुगु प्रहरीलाई जिम्मा लगाईएको छ ।
सोही समुहबाट हतियारहरु एसएल आर थान १, कटुवा पेस्तोल २ थान, एसएल आर म्यागजिन २ थान, एस एल आरको राउण्डको गोली २५ थान, वाईनाकुलर १ थान,चाईनिज सेट ३, आर्मी कमब्याग पोषाक ५ जोर बरामत गरि सवुत प्रमाण सहित अन्तरजिल्ला अनुसन्धानमा जुम्ला प्रहरीले अनुसन्धानमा सहयोग पुर्याएको छ ।
३ महिनामा ३० जना फरार अपराधी पक्राउ
जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समय फरार अपराधी पनि धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न अपराधमा फरार रहेका ४६ जना मध्य २०८० साउन देखी फागुन सम्म १६ जना प्रक्राउ गरिएकोमा पछिल्लो ३ महिनामा ३० जना पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कामतिले बताए ।
लागु औषध नियन्त्रणमा तिब्रता
यसैगरी प्रहरीले लागु औषध अभियान तिब्र थालेको जनाएको छ । यस बर्षमा जुम्ला प्रहरीले लागु औषध अन्तरगत २४ जना व्यक्तिलाई पक्राउ गरि कारवाही चलाईएको र १८७ ग्राम ६४८ एमजी चरेश, १० ग्राम १८७ एमजी बाउन सुगर, तथा ३० वटा नाईट्रोजेपाम ट्याब्लेट बरामत गरिएको छ । लागु औषध सचेतना कार्यक्रम गरिदै आएको प्रहरीले जनाएको छ । प्रहरीले आफुले गरेको नागरिक सुनुवाई कार्यक्रममा सो बिषयमा जानकारी गराएको थियो ।
उनका अनुसार प्रहरीले ४ सय २४ वटा सचेतनाका कार्यक्रम गरेको छ। प्रहरीका अनुसार चालु आवमा लागु औषध दुव्र्यसनी बिषयका मुद्दा १५ वटा जवरजस्ति करणी १२ वटा छन्।
प्रहरी नायव उपरीक्षक कामतीले जुम्ला प्रहरीले गरेको कामको प्रगति प्रस्तुत गर्दै यो आर्थिक बर्षमा जेठ महिना सम्म तिन हजार दुईसय ४९ वटा सवारी कारवाहीमा २२ लाख ३७ हजार पाँच सय राजश्व संकलन भएको छ । यसैगरी जिल्ला प्रहरीमा १ सय २५ वटा मुद्दा दर्ता भएका मध्य, ७५ वटा मुद्दा फच्र्छौट गरिएको छ ।
प्रहरीमा महिला सेल तर्फ निवेदन दर्ता संख्या ८१ मध्य ५७ वटा निवेदन फच्र्यौट भएका छन् । यसैगरी १ सय ३८ हराएका मानिसहरु मध्य १ सय ४ जना फेला परेका छन् । यसैगरी छानविनका लागि ६ सय ६२ निवेदन दर्ता भएकाले ५ सय ५८ उजुरी फच्छौट भएका छन् । यस बर्ष जिल्लामा प्राकृतिक प्रकोपमा ५ मा घर पूर्ण क्षेति भएका छन् ।