बाख्रा चराउन गएकी एक महिलाको भीरबाट लडेर मृत्यु

कालिकोट  ।
कालिकोट पचालझरना गाउँपालिकामा बाख्रा चराउन गएकी रतना रोेकायाको भीरबाट लडेर मृत्यु भएको छ । उनी पचालझरना गाउँपालिका वडा नं. ४ राम्नाकोट निवासी हुन् ।

घर नजिकैको बनमा बाख्रा चराउन गएको बेला दिउँसो १२ बजे भीरबाट लडेर रोकायाको मृत्यु भएको पचालझरना गाउँपालिकाका– ४ का वडा अध्यक्ष अनरुप रोकायाले जानकारी दिए ।

‘उहाँ घर नजिकैको बनमा बाख्रा चराउन जानु भएको थियो करिब १२ बजे तिर २ सय मिटर तल खसेर उहाँको मृत्यु भइसकेको रहेछ,’ ‘वडा अध्यक्ष रोकायाले भने,’ ‘घर परिवार र गाँउमा साँझ तिर तिर मात्र थाहा भयो ।

वडा अध्यक्ष रोकायाका अनुसार मृतक रोकायाको शुक्रवार दाहसंस्कार गर्ने तयारी रहेको छ ।

बाख्रा चराउन गएकी एक महिलाको भीरबाट लडेर मृत्यु

स्वास्थ्य चौकी खानिखोलाबाट २४ प्रकारका ल्याव सेवा

बाख्रा चराउन गएकी एक महिलाको भीरबाट लडेर मृत्यु

भरुवा बन्दुकसहित एक जना पक्राउ