सरुवा रोग अस्पताल बनाउन १ अर्ब बढी बजेट

काठमाडौं : सरकारले सरुवा रोग अस्पताल बनाउन १ अर्ब बढी बजेट विनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

‘प्रसूति जाँचका लागि विकट स्थानमा मातृ सुरक्षा जाँचको व्यवस्था गरिनेछ। स्थानीयस्तरमा पोषण कार्यक्रमलाई ६ लाख २० हजार बालिकालकाई खोप उपलब्ध गराइने छ‘ बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले बताए।

त्यस्तै, सरकारले मुलुकभरका महिला स्वास्थ्यस्यंसेविकाको तलब वृद्धि गरी १२ हजार बनाएको छ। ४० वर्षका माथिकालाई वर्षका एक पटक नि:शुल्क स्वास्थ्य जाँच गराने र ५० शय्याभन्दा बढीका अस्पतालले घुम्ती सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि अर्थमन्त्री पौडेलले बताए। त्यस्तै, बजेट भाषणका क्रममा ज्येष्ठ नागरिकलाई उपचारको व्यवस्था गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए।

सरुवा रोग अस्पताल बनाउन १ अर्ब बढी बजेट

बजेट कोभिड केन्द्रित छ- अर्थमन्त्री पौडेल

सरुवा रोग अस्पताल बनाउन १ अर्ब बढी बजेट

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *