बजेट कोभिड केन्द्रित छ- अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७८ को बजेट प्रस्तुत गर्नुभएको छ ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८(७८ को बजेट प्रस्तुत गर्नुभएको हो ।
यस पटकको बजेट कोभिड( १९ ले पारेको क्षति न्यूनीकरणमा केन्द्रित छ । साथै, रोजगारी र कृषि केन्द्रित बजेट ल्याइएको उल्लेख गरिएको छ ।
अघिल्लो वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै बजेट आउने भएको छ ।
यसअघि मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बजेट स्वीकृत गरेको थियो ।






