महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित चार जना नेतालाई पुनः स्पष्टीकरण सोधिएको छ। यसअघि गत जेठ ११ गते सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि पुनः स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण सोधिएका नेताहरुमा ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल छन् । उनीहरुलाई केपी ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगमनकारी कदमलाई किन साथ दिएको, गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको, छुट्टै कार्यालय किन सञ्चालन गरेको, पार्टीको निर्णय बिना राष्ट्रपतिलाई किन पत्र लेखेको, राजेन्द्र महतोलाई किन संसदीय दलको नेता बनाएको/बनेको लगायतका प्रश्नहरुसहित स्पष्टीकरण सोधिएको थियो।

तर यो पक्षले स्पष्टीकरण नदिई उल्टै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नै स्पष्टीकरण सोधेका थिए । ‘यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो सन्तोषजक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९ (५), ५० (१) र मिति २०७८/२/८ मा भएको निर्णको बुँदा नं. ४ बमोजिम निष्काशन समेतको कारबाही हुनेछ’, शनिबार ठाकुरलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।

महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण

राष्ट्रपतिबाट जारी भयो बजेट अध्यादेश

महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण

कोरोनाबाट कर्णालीमा एकसय ९३ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *