कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो आँखैमा’
काठमाडौं । लोक गायक कस्तुप पन्तले तिज गीत ‘तिम्रो फोटो आँखैमा’ सार्वजनिक गरेका छन् ।
गीतमा कस्तुपको अलवा रामजी खाँण, देवी घर्तिमगर र कमला पोख्रेलको स्वर रहेको छ ।
कस्तुप पन्तकै शब्द संगीतमा रहेको गीतमा बिनोद बाजुरालीको एरेन्ज छ ।
गीतको भिडियोमा रामजी खाँण र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियो गुपचुप प्रेम र बिवाह देखाइएको छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतमा करन चैसिरको छयाङ्कन, शिव पौडेलको सम्पादन छ ।





