गोजुरियो दोसंघको अध्यक्षमा शाही

सुर्खेत । नेपाल गोजुरियो कराँते दोसंघ सुर्खेतको अध्यक्षमा लोकेन्द्रराज शाही चयन भएका छन् ।

बुधबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले शाहीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष दिवश भण्डारी, सचिव जगतप्रसाद रिजाल र कोषाध्यक्ष भेषजंग शाही चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा खड्कबहादुर थापा, सन्दिप महत, भिमजंग शाही, चन्द्र लामिछाने, जगतप्रसाद रिजाल, निरुता कोइराला र समिर खत्री जयन भएको नेपाल गोजुरियो कराँते दोसंघ सुर्खेतका प्रमुख प्रमुख प्रकाश खड्काले जानकारी दिए ।

नेपाल गोजुरियो कराँते दोसंघका कर्णाली प्रदेशका अध्यक्ष विरेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको भेलामा एसियन गोजुरियो कराँते दोसंघका महासचिव विआर मित्रको प्रमुख आतिथ्यता र नेपाल गोजुरियो कराँते दोसंघका कर्णाली प्रदेशका प्रमुख प्रशिक्षक डम्मरबहादुर शाहीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

यसैबीच नेपाल गोजुरियो दोसंघले तीन दिन ग्रेडिङ तथा तालिम सम्पन्न गरेको छ । तालिममा सुर्खेतसहित दैलेख र बाँकेका करिव ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

गोजुरियो दोसंघको अध्यक्षमा शाही

कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो

गोजुरियो दोसंघको अध्यक्षमा शाही

सरकारले १० फिल्ममा लगानी गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!