देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद आन्तरिक छलफलमा जुटेका हुन्।

सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउनको लागि छलफलमा गरेका हुन्।

आज भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभए पनि विजय पौडेललाई प्रतिनिधि पठाएका थिए। उनले तत्कालै आफूहरू सरकारमा सहभागी नहुने बताएका थिए।

तर, प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा ल्याउने प्रयास गरिरहेका छन्।

देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा

कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!