फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने
काठमाडौं । फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो ।
बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट फिल्म रिलिज गर्न लागेको निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए । पहिलो चरणको कोरोनाको कहरका कारण सार्वजनिक प्रदर्शनमा आउँन नसकेको फिल्म अहिले डिजिटल रिलिज गर्न लागिएको हो ।
‘फिल्म विभिन्न डिजिटल प्लेटफमबाट ल्याउदा पनि लगानी सुरक्षित हुने देखेर रिलिज गर्न लागेको हो’ निर्माता निर्देशक बेल्वासे भने ‘अझै केही बर्ष फिल्म हलमा रिलिज हुने अवस्था छैन । यस्तो बेला फिल्म त्यसै थन्काएर राख्नु भन्दा डिजिटल प्लेटफर्म उपयुक्त हो ।’ लगानी पनि सुरक्षित हुने र फिल्म पनि परानो नहुने देखेर फिल्म रिलिज गर्न लागेको बेल्वासेको भनाइ छ ।
२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ ।





