दक्षिण कोरियामा कोरोनाका संक्रमितको दिनहुँ नयाँ रेकर्ड

एजेन्सी । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ। यहाँ संक्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ। गत २४ घण्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ।

यहाँका अधिकारीहरुले मंगलबार यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका संक्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ। यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गत २४ घण्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन्।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी संख्यासँगै संक्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ। यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यतामात्र यति धेरै संक्रमित थपिएका हुन्।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन्।

यहाँका अधिकारीहरुले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए। जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ। अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ संक्रमितहरु कम्तीमा पनि ५८ प्रतिशत बढेका छन्।

कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ। पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *