इजरायल–गाजा युद्धमा सर्वसाधारणलाई निशाना बनाइयो : प्रतिवेदन

एजेन्सी । गत मे महिनामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच गाजामा युद्ध हुँदा सर्वसाधारण नागरिकलाई निशाना बनाइएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ।

दुवै पक्षले युद्ध अपराध नै हुने तहमा उत्रिएर सर्वसाधारणलाई निशाना बनाएको ह्यूमन राइट्स वाच निष्कर्ष निकालेको हो।

मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको सो संस्थाले इजरायलले गरेको तीनवटा हमलामा ६२ जना मारिएका, तर हमला भएको स्थानमा हमासको सैन्य अखडा भएको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।

पछिल्लो युद्धका बेला इजरायलले गाजामा हमासको सैन्य अखडालाई निशाना बनाएको दाबी गरेको थियो। हमासले पनि इजरायलमा चार हजार ३०० रकेट दागेर त्यहाँका नागरिकमाथि अन्धाधुन्द हमला गरेको रिपोर्टमा उल्लेख छ।

११ दिनसम्म चलेको सो लडाइँमा जागामा कम्तिमा २६० र इजरायलमा १३ जना मारिएका थिए। गाजामा मारिएकामध्ये ८० जनामात्रै आफ्ना लडाकु रहेको हमासले दाबी गरेको छ। तर इजरायली सेनाले भने मारिएकामध्ये २०० जना चरमपन्थी रहेको जिकीर गरिरहेको थियो।

इजरायल–गाजा युद्धमा सर्वसाधारणलाई निशाना बनाइयो : प्रतिवेदन

सयौँ पर्यटकबीच जोडीको अश्लील हर्कत, चप्पलले हानेर

इजरायल–गाजा युद्धमा सर्वसाधारणलाई निशाना बनाइयो : प्रतिवेदन

दक्षिण कोरियामा कोरोनाका संक्रमितको दिनहुँ नयाँ रेकर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *