२०८३ कार्तिक १२ गते
×

Now Playing

साढेतीन वर्षा अबधियाँ कालिकोटले मान्छे जन्माकै हो ।

ज्वानौ १ कर्नालीयाँ कालिकोटेहरले शासन चलाएछि यो  साढेतीन वर्षा अबधियाँ कालिकोटले मान्छे जन्माकै हो भन्ने लाग्छ गाँठे । सत्ता उन्मादले होलाकि किन होला कुन्नि राजनीतिज्ञ र तिनका कार्यकर्ताले त अरुलाई दम्काउँथे दम्काउँथे तिनका साथ गर्ने पत्रकार भनाउँदा र कर्मचारीहरको औंलो ठड्याईले समेत दिक्दार बनाछ गाँठे जनतालाई ।

कालिकोटको पानी तगडा भन्ने होकि त्याँको माटो लडाकु भन्ने हो कुन्नि पेशा गर्ने पत्रकारदेखि खोला ढिकतिर सुकुम्बासी जीवन विताउने सम्मलाईनि नछोडने ती राजनीतिक कार्यकर्ता भनाउदाको दादागिरिले आजित भाका जनता यो कालिकोटको राज कैले जालाभनेर दिन कुरेर बस्न बाध्यछन ।

हात छोडन र मुखछोडन कत्ति फ्यास नमान्नेमा कालिकोटे राजामात्रै हैन रानीहरुनि त्यस्तै रैछन । हिजो आजकै सम्चार होक्यारे काँ शुभकालिका उपाध्यक्षज्युले पत्रकार भन्या तै हैनस रु मेरो सम्चार किन लेखिस रु भनेर पुलिस अफिसमै चाँटा लाउनुभो रे । अरु जिल्ला मान्छे भै द्याभा त्यरि हात छोडन सायद कसैले हिम्मत गर्थेन होला तर कालिकोटकै महिला नेतृज्यु भा हुनाले जाँ भेटभो त्यैँ चाँटा मार्दिनु भो ।

यसो बिचार गर्दा कालिकोटले बर्दान पाकै होलाके त्यै भएर त मान्छेहरू वार्ता र छलफलभन्दा हात पाखुरालेनै अरुलाई ठिक गर्न तम्सिन्छन । त्यसो त माओवादिले दिने शिक्षानै ६ इन्ची घटाउने भन्ने थियो । अनि कालिकोटेले मुख किन चलाउने भएतनि बरु हातै चलाउने भए । खुकुरी नै नचाउने भएनि ।
लातौँका भूत बातौँसे नहि मानता भन्ने कुरालाई सिध्दान्त बनायर हिँडेका उनरलाई फेरिपनि सत्ताँ पुर्याएर सरकार चलाउन दिने होभने भविष्यमा फेरि पछुताउनेबाहेक उपाए हुनेछैन । त्यसैले जनताले अबको चुनाबाँ यी सब कुरा बुझेर भोट हाले हुन्थ्यो क्यारे । हैनभने यो दादागिरि त कैलेसम्मपो सहनु पर्ने हो जनताले चेतना भया ।

१० बर्षे युध्दकालाँ माओवादिले दिनेजस्तै तनाब ऐले सत्ता, झण्डा र डण्डाको आडाँ कालिकोटेले दिन थालेछि करनालीयाँ मान्छेलाई जिउन कति गाह्रोछ कल्ले सुन्दिन्छ गैर कालिकोटेका कुरा ।

साढेतीन वर्षा अबधियाँ कालिकोटले मान्छे जन्माकै हो ।

नेप्से साढे चार महिनायताकै न्यून विन्दुमा, ७३

साढेतीन वर्षा अबधियाँ कालिकोटले मान्छे जन्माकै हो ।

स्थानीय उत्पादन बढाऔं

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!