नेप्से साढे चार महिनायताकै न्यून विन्दुमा, ७३ अंकले घट्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो साढे चार महिनायताकै न्यून विन्दुमा झरेको छ । गत वैशाख ३० गते २ हजार ६ सय ८४ विन्दुमा रहेको परिसूचक त्यसपछि सो विन्दुभन्दा माथि नै थियो ।

आज नेप्से दुई हजार ६ सय ८५ दशमलव ४२ विन्दुमा झरेको छ । सोमबार सेयर बजार निरन्तर रुपमा घटेको छ। बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्त्यसम्मै ओरालो लागेर बन्द भएको छ ।

दिनभरको बजारमा नेप्से परिसूचक ७३ दशमलव ५ अंकले घटेको छ। आज कारोबार रकम पनि पाँच करोड १२ लाखमा सिमित बनेको छ। आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ। पछिल्लो समय कम्पनीको दैनिक रुपमा सर्वाधिक कारोबार हुँदै आएको छ । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता चार सय ९२ रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन्। १३ वटा समूहमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह चार सय ३९ अंकले घटेको छ। सोमबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।
एक सय ८५ वटा कम्पनी कारोबारमा आएकामा एक सय ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

सेयर मूल्य बढ्नेमा गुराँस फाइनान्स, मैलुङ्खोला जलविद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्त रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी मनकामना स्मार्टको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

 

नेप्से साढे चार महिनायताकै न्यून विन्दुमा, ७३ अंकले घट्यो

४ बजे मन्त्रिपरिषद् बैठक, राजनीतिक दलसम्बन्धी अध्यादेश

नेप्से साढे चार महिनायताकै न्यून विन्दुमा, ७३ अंकले घट्यो

साढेतीन वर्षा अबधियाँ कालिकोटले मान्छे जन्माकै हो

Leave a comment

Your email address will not be published. Required fields are marked *