कर्णालीमा १८४ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा आज एकैदिन थप १८४ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरसलाई जित्नेहरूको संख्या २५ हजार ४४३ जना रहेको छ ।

पछिल्लो केही सातादेखि प्रदेशमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै ९० प्रतिशत संक्रमितहरुले कोरोनालाई जितेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १ हजार १९७ मा झरेको अवस्था छ । यस्तै आज ६३ जना नयाँ संक्रमित थपिएका छन् । ६२ जनामा गरिको आरटी–पीसिआर परीक्षणबाट १८ जनामा कोरोना पुष्टि भएको थियो भने १५८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४५ जनामा कोरोना देखिएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो समय आरटी–पीसिआर विधिबाट भन्दा एन्टिजेन विधिबाट गरिने परीक्षणको दायरा बढाइएको छ ।

आज संक्रमित हुनेमा रुकुम पश्चिममा सबैभन्दा धेरै २७ जनामा कोरोना देखिएको छ । अन्य जिल्लाको तुलनामा पछिल्लो समय रुकुम पश्चिम, कालिकोट, जुम्ला जिल्लामा कोरोनाका बिरामी बढी देखिने गरेका छन् । यस्तै आज कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या प्रदेशमा ३०८ पुगेको छ ।

कर्णालीमा १८४ जनाले जिते कोरोना

युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को

कर्णालीमा १८४ जनाले जिते कोरोना

कहिले गरिन् अभिनेत्री सन्ध्याले बिहे ?

Leave a comment

Your email address will not be published. Required fields are marked *