युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को बलियो?

काठमाडाैं । जारी युरोकप फुटबलमा उपाधिकै तीन दाबेदारले प्रतिस्पर्धा गर्दैछन् । १६ औं संस्करणको मुख्य दाबेदारको सूचीमा रहेका बेल्जियम, पोर्चुगल र नेदरल्याण्ड्सले आज राति अन्तिम १६ को प्रतिस्पर्धामा परीक्षा दिँदैछन्। धेरै गोल गर्नेको सूचीमा रहेका खेलाडीहरू पनि आफ्नो गोल संख्या बढाउने ध्याउन्नमा मैदान उत्रँदा उनीहरू जितकै खोजीमा हुनेछन् ।

पोर्चुगलका क्रिस्चियानो रोनाल्डो आफ्नो गोल संख्या ५ बाट बढाउने लक्ष्यमा हुँदा ३–३ गोल गरेका चेक रिपब्लिकका प्याट्रिक स्चिक, बेल्जियमका रोमेलु लुकाकु र नेदरल्याण्ड्सका जर्जिनियो विज्नाल्डम पनि गोल थप्ने योजना बुन्दैछन् ।

स्पेनको सेभियामा आज राति पौने १ बजे बेल्जियम र पोर्चुगलबीच अन्तिम आठमा पुग्न प्रतिस्पर्धा हुने छ। विश्व वरीयतामा शीर्ष स्थानमा रहे पनि बेल्जियमले सन् १९८९ मा विश्वकप छनोटका दौरान पोर्चुगलसँग हारेपछि अहिलेसम्म जित्न सकेको छैन ।

समूहमा शत प्रतिशत नतिजा निकाल्दै आएको बेल्जियम संघर्षका साथ समूह चरण पार गरेको पोर्चुगललाई माथ खुवाउन उद्यत देखिएको छ। पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

बेल्जियमले समूह चरणमा रसियालाई ३–०, फिनल्याण्डलाई २ –० र डेनमार्कलाई २–१ ले हराएको हो। साविक विजेता पोर्चुगलले समूह चरणमै विश्व विजेता फ्रान्स र सर्वाधिक ३ पटक युरोकपको उपाधि चुमेको जर्मनीसँग खेलिसकेको छ।

जर्मनीसँग ४–२ ले हारेको पोर्चुगल हंगेरीलाई २–० ले हराउँदा फ्रान्सलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको थियो। पोर्चुलग र बेल्जियमबीच अहिलेसम्म १८ खेल हुँदा पोर्चुगलले ६ पटक र बेल्जियमले ५ पटक खेल जितेका छन्।

७ खेल बराबरीमा सकिएको छ। यो खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नुपर्नेछ। साविक विजेताविरुद्ध विश्व वरीयताको नम्बर १ बेल्जियमलाई सहज भने पक्कै हुने छैन।

तर, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले सुखद नतिजा ल्याउनेमा आफूहरू आशावादी रहेको बताए। उनले जित र हार खेलमा निर्भर हुने दाबी पनि गरे। उता पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस बेल्जियम राम्रो प्रतिद्वन्द्वी भएकाले आजका खेललाई फाइनलसरह नै मान्छन्।

नेदरल्याण्ड्स र चेक रिपब्लिक पनि भिड्दै

बेल्जियम र पोर्चुगलबीचको खेल अघि आजै राती नकआउट चरणको तेस्रो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदै छ। हंगेरीको पुस्कास एरिनामा हुने यो खेल राति पौने १० बजे सुरु हुनेछ।

दुवै टिम जित निकाल्दै अन्तिम ८ मा पुग्न चाहन्छन्। नेदरल्यान्ड्सले समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो।

नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले हराउँदा अष्ट्रियालाई २–० ले पाखा लगाएको थियो। समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

चेक रिपब्लिकले समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो। समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेकले दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा खेल्यो। यस्तै अन्तिम खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो।

जारी संस्करणमा नेदरल्याण्ड्स बलियो देखिए पनि इतिहास भने चेक रिपब्लिककै पक्षमा छ। नेदरल्याण्ड र चेकबीच भएका ११ खेलमा नेदरल्याण्ड ३ खेलमा विजयी भएको छ भने ५ खेलमा हार बेहोरेको छ।

३ खेल बराबरीमा सकिएको छ। यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्। डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को बलियो?

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को बलियो?

कर्णालीमा १८४ जनाले जिते कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *