उपाधि दिलाएपछि इन्टर छाडे कोन्टेले, रियल वा स्पर्स जाने चर्चा

एजेन्सी । इन्टर मिलानलाई ११ वर्षपछि पहिलो इटालियन सिरिए ए उपाधि दिलाएको तीन हप्तापछि एन्टोनियो कोन्टेले क्लबको म्यानेजर पदबाट राजीनामा दिएका छन् । ५१ वर्षीय इटालियन प्रशिक्षकले इन्टरमा दुई वर्ष बिताएका थिए भने उनको करारमा अझै एक वर्ष बाँकी रहेको थियो ।

क्लबले एक वक्तव्य जारी गर्दै कोन्टेलाई ‘अद्भूत कार्य’का लागि धन्यवाद दिएको छ । इन्टरले दुई पक्षले आपसी समझदारीमा करार अन्त्य गरेको पनि जनाएको छ । जिनेदिन जिदानले क्लब छाड्ने हल्लासँगै कोन्टेको नाम रियल म्याड्रिडसँग जोडिएको छ । त्यस्तै, उनी इङ्ग्लिस क्लब टोनटह्याम हटस्पर्स जाने पनि चर्चा रहेको छ ।

इटालीको शीर्ष लिगमा युभेन्टसको एकल अधिपत्य अन्त्य गरे पनि इन्टरमा कोन्टेको भविष्यबारे यसअघिदेखि नै अन्योल रहेको थियो । इन्टरका मालिक चिनियाँ कम्पनी सुनिङ आर्थिक दबाबमा रहेको छ र यो सिजन उसले क्लबमा खर्च घटाउन धेरै खेलाडी बेच्न लागेको छ ।

गत फेब्रुअरीमा सुनिङको स्वामित्व रहेको जियाङ्सु एफसी पहिलो चिनियाँ सुपर लिग उपाधि जितेको तीन महिनामा खारेज भएको थियो । कोन्टेको स्थानमा युभेन्टसका पूर्व म्यानेजर मासिलियानो एलेग्री र लाजियोका प्रशिक्षक सिमोनी इन्झाजीको नाम चर्चामा छ ।

उपाधि दिलाएपछि इन्टर छाडे कोन्टेले, रियल वा स्पर्स जाने चर्चा

भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

उपाधि दिलाएपछि इन्टर छाडे कोन्टेले, रियल वा स्पर्स जाने चर्चा

संसद् विघटनविरुद्धका निवेदनमा सर्वोच्चमा सुनुवाइ जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *