२०८३ जेष्ठ ३० गते
×

Now Playing

संसद् विघटनविरुद्धका निवेदनमा सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका १९ वटा निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा सुनुवाइ चलिरहेको हो। संसद् विघटनसम्बन्धी परेका दुई खाले निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरू जबराले आफ्नै इजलासमा राखेका हुन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० रिट निवेदन दर्ता भएका छन्। अन्तरिम आदेशमा माग गरिएका १९ रिट निवेदनको सुनुवाइ आजदेखि सुरु भएको छ भने संवैधानिक इजलासमा परेको ११ निवेदनमाथिको सुनुवाइ भने शुक्रबारदेखि हुनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोकेकी छन्।

संसद् विघटनविरुद्धका निवेदनमा सर्वोच्चमा सुनुवाइ जारी

उपाधि दिलाएपछि इन्टर छाडे कोन्टेले, रियल वा

Leave a comment

Your email address will not be published. Required fields are marked *