फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेकाे हाे।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । बस्नेतलाई एन्फाको फुटसल समितिले उक्त पदका लागि सिफारिस गरेको थियो।

एएफसी-एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

‘यो जिम्मेवारी पाउँदा म खुसी छु र मेरो प्राथमिक उद्देश्य नेपाली फुटसलको स्तरमा सुधार गर्नु हुनेछ,’नियुक्त भएपछि बस्नेतले भने। बस्नेतले सन् २०२२ मा हुने एएफसी फुटसलको एसियाली छनौटका लागि अक्टोबरमा हुने खेलमा पदभार लिनेछन्।

फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

सांसदको कोरोना परीक्षण गर्न गण्डकी प्रदेशसभाको बैठक

फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

भारतमा थपिए तीन लाख १९ हजार संक्रमित,

Leave a comment

Your email address will not be published. Required fields are marked *