भारतमा थपिए तीन लाख १९ हजार संक्रमित, २७ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । २७ सय भन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४ सय ३५ संक्रमित थपिँदा त्यहाँ कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको ओल्डोमिटरले जनाएको छ ।

एकैदिन २७ सय ६४ जनको मृत्यु भएपछि कुल मृतकको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ। हिजो एकैदिन अमेरिकामा ४४ हजार ६ सय २९, ब्राजिलमा २९ हजार ६ सय ६९, टर्कीमा ३७ हजार ३ सय १२ र रुसमा ८ हजार ८ सय ३ संक्रमित थपिएका छन्। योसहित विश्वभर कोरोना संक्रमितको कूल संख्या १४ करोड ८४ लाख ६१ हजार पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा १२ सय ७९, अमेरिकामा ४ सय २२, फ्रान्समा ३ सय ९८, रुसमा ३ सय ५६, टर्कीमा ३ सय ५३ र इटलीमा ३ सय संक्रमितको मृत्यु भएको छ। यो सहित विश्वभर कोरोनाको कारण मृत्यु हुनेको कूल संख्या ३१ लाख ३३ हजार १ सय १० पुगेको ओल्डोमिटरले जनाएको छ ।

भारतमा थपिए तीन लाख १९ हजार संक्रमित, २७ सयको मृत्यु

फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

भारतमा थपिए तीन लाख १९ हजार संक्रमित, २७ सयको मृत्यु

भारतमा प्रसाद झैं बाँडिदैछ अक्सिजन, अवस्था झन्‌

Leave a comment

Your email address will not be published. Required fields are marked *