सिम्तामा सुधारिएको चुलोवितरणको लहर

दुर्गा विसि

सिम्ता । सिम्ता गाउँपालिका सुर्खेतका विभिन्न वडाहरुका वस्तिमा सुधारिएको चुलो वितरणको होडवाजि चलेको छ ।स्वच्छ सुधारिएको चुलो प्रयोग गरौं,स्वस्थ्य समृद्ध र जिम्मेवार नागरिक बनौं, भन्ने नाराका साथ आज सिम्ता गाउँपालिकाको वडा नं ६ राकममा १ सय १ वटा सुधारिएको चुलो वितरण गरिएको छ।

एक कार्यक्रम विच चुलो वितरण गरिएको थियो।कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राजेन्द्र सिह ठकुरी,प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि अतिथि एसएनभी नेपालका सुवास ढकाल,शंकर पाठक र चोकराज अधिकारी,क्लीन स्टार मल्टि सर्भिस प्रालिका सञ्चालक भिम बहादुर बोहोरा,वडा सदस्य आइति लुवार र समाजसेवी ललित सिह,रूपा सिह र पुस्तक बादीको उपस्थिति रहेकोे थियोे ।

सुधारिएको चुलो वितरण कार्यक्रमको सञ्चालन चन्द्रबहादुर शाहीले गर्नुभएको थियो । उक्त वडामा ४ सय चुलो वितरण गर्ने लक्ष्य रहेको छ । बाकी चुलो वडा नं १,३,४ र ५ मा वितरण गरिनेछ।जम्मा ३७ सय पर्ने चुलो उपभोक्ताको ७ सय गाउपालिकाको १ हजार र एसएनभी नेपालको २ हजार गरि प्रति चुलोमा साझेदारी लगानी रहेको गाउँपालिका अध्यक्ष केसिको भनाइ रहेको छ ।चुलो वितरण कार्यक्रम प्रत्येक वर्ष निरन्तर चलिरहने समेत जनाएको छ ।

सिम्तामा सुधारिएको चुलोवितरणको लहर

भेरीगंगा जेसीजको भेटघाट कार्यक्रम सम्पन्न

सिम्तामा सुधारिएको चुलोवितरणको लहर

सिम्ताको भानु माविमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *