सिम्ताको भानु माविमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

दुर्गा विसि 

सिम्ता गाउँपालिकामा यहि २६ गते देखि राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने भएको छ । तेहि तयारी स्वरुप गाउँपालिकाले तयारी स्तरीय सिम्ता गाउँपालिका स्तरीय रनिङ शिल्ड सम्पन्न भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड चैत १२ र १३ गते भानु मावि बजेडिचौरमा सञ्चालन भएको थियो ।

सबै प्रकृतिका खेलकुुदको नम्बर जोड्दा बागेश्वरी मावि राकम प्रथम,भानु मावि बजेडिचौर दोस्रो र जीवन ज्योति मावि काफलकोट तेस्रो विजेता भएको शिक्षक सुन्दर मल्लले जानकारी दिनुभएको छ।छात्र भलिबल तर्फ प्रथम मावि चोल्पा,दोस्रो भानु मावि वजेडचौर र तेस्रो मावि वजेडा आलि भएका रहेको वताएको छ भने छात्रा भलिबल तर्फ प्रथम भानु मावि,दोस्रो मावि लापु र तेस्रो मावि राकम भएको स्थानीय लोगवहादुर शाहीले जानकारी दिनु भएको छ ।

सिम्तामा ११ वटा मावि छन । ९ वटा माविले खेलमा सहभागिता देखाएका थिए भने भगवती मावि गान्द्रा र मावि खेल्नेचौरले रनिङ शिल्डमा सहभागी नदेखिएकाले त्यहाँका विद्यार्थी खेलबाट बञ्चित भएको शिक्षा शाखाका कर्मचारी विन्द अधिकारीले जानकारी दिनुभएको छ ।

सुर्खेत जिल्लाका नौ वटै स्थानिय तहमा खेलमा छनोट भएर चैत २६(२८ गतेसम्म पुन भानु मावि बजेडिचौरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ। त्यसको तयारी समेत गाउँपालिकाले व्यापक पारेको छ ।

सिम्ताको भानु माविमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

सिम्तामा सुधारिएको चुलोवितरणको लहर

सिम्ताको भानु माविमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

भेरीगंगामा ४ वटा सीप बिकास तालिम सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *