मजदुरिका लागि भारत जाँदै गरेका नेपाली नागरिकबाट चर्काे भाडा अशुल्दै गाडी चालकहरु
दुर्गा विसि

सल्यान । छिन्चु जाजरकोट सडक खण्डको भाडादर सुन्दै अच्चम लाग्छ । सल्यान सल्लिवजार देखि नेपालगञ्ज सम्म पुग्नकाे लागि यहाँका स्थानीयले दुईहजार भाडा तिर्नु परेको छ ।
कडाउनकाे मौका छाेप्दै गाडी व्यवसायी र प्रहरीकै मिलाेमताेमा मजदुरिकाे लागि भारत फर्किनेहरुसँग प्रति व्यक्ति २ हजार भाडा अशुल्ने गरिएको छ । गाडि व्यवसायीहरुले भने ठाउँ ठाउँका प्रहरी चेकपोस्ट केही रकम वुझाउनु पर्दा मंहगो भाडा भएको स्विकार्दै आएका छन् । सबै वढि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको सिमाना बबई नाकामा प्रहरीले बढि रकम लिने गरेको खुल्नमा आएको छ ।
गाडी नम्बर र आफ्नाे नाम गाप्य राख्न चाहने एक चालकका अनुसार बबई नाकामा ट्रक, मिनि ट्रक र साना यात्रु वाेक्ने जिपहरुबाट झन्डै १ हजारका दरले रकम उठाउने गरेको बताएकाे छ ।
दिउँसोको समय भन्दा रातिमा प्रहरीले छिन्चु जाजरकोट सडक खण्डको विभिन्न चेकपोस्टहरुमा माेटाे रकम उठाउने गरेको खुलेको छ । सल्लिवजारमा इप्रकाले भने अाफ्नाे माहतहतका जवानहरु तेसाे नगरेको जनाएको छ । हाम्रो चेकपोस्टमा मालवाहक ट्रक वा यात्रु वसार पसार कुनै पनि गाडिहरुबाट पैसा उठाउने जस्तो अवैध काम डिउटिमा रहने जवानहरु नभए दाबी छ ।
अन्यत्र के हुन्छ त्यो कुरा थाहा छैन तर हाम्रो यस्तो गल्त काम नभएको सल्लि चेकपोस्टकाे भनाइ रहेको छ । तर गाडी व्यवसायीहरु स्थानीयबाट चर्को भाडा उठाउदै ठाउँ ठाउँमा बाँडफाँड गर्दै जानुपर्ने भएकोले यस्तो अवस्थामा महँगोमा यात्रु वाेक्ने गरेको जनाएको छ ।
जिल्ला जिल्लामा निशेधाज्ञ छ । तर मजदुरिकाे लागि भारत जानेहरूको वइरो लागेको छ ।यता कामकाज नभए पछि उनिहरु लकडाउनै घर फर्केका पुन: यस्तो वेला कामकाे खाेजिमा फेरि उतै फर्कन थालेका छन् ।
नेपालमा लकडाउन हुदै गर्दा घर फर्केका सल्यान पश्चिम क्षेत्रका धेरै नागरिक पुनः कामकाे खाेजिमा भारत हिडेका छन् । लुकिछिपि गाडिका गाडि फेरि उतै हिडिरहेका नागरिकसँग गाडिवाला र प्रहरीकै रकमको विगविगि मच्चिएको छ ।
सल्लि लगाएत केही केही चेकपोस्टमा तेसाे गल्त काम नभए पनि अधिंस चेकपोस्टमा गाडिहरुबाट रकम असुल्ने काम भैरहेको छ । त्यो कुरा स्वं गाडि चालकले स्विकारि सकेका छन् ।अन्य समयकाे भाडादर भने ठुला गाडीको ३ सय ५० र साना गाडिकाे ४ सय देखि ५ रहेको छ । यतिखेर भने तेब्बर भाडातिरेर यहाँका स्थानीय यात्रा गर्न बाध्य छन् ।





