खलंगा बजारमा सिसि क्यामारा जडान हुँदै

प्रचण्ड खत्री 

रुकुम पश्चिम । चोरी, दुर्घटना, अपराध नियन्त्रण लगायतका गतिविधि घटाउन रुकुम पश्चिमको मुसिकोट खलंगा बजार क्षेत्रमा सिसी क्यामेरा जडान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार खलंगा बजारका ६ स्थानमा १२ वटा सिसी क्यामेरा जडान एक साता देखि सुरु गरिएको छ ।

बागबजार चोक, एभरेष्ट बैंक चोक, पातुखोला चोक, पुष्पलाल चोक, कुमारी बैंक चोक र बालमन्दिर चोक क्षेत्रको सुरक्षा ब्यवस्था चुस्त बनाउन सिसी क्यामेरा जडानको कार्य अघि बढाईएको छ ।

बजारमा जोडिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा रहने छ । दैनिक चोरी, झैझगडा जस्ता गतिबिधी बढे पछि त्यसको निगरानी गर्न सिसी क्यामरा जाडन गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको समन्वय र मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा सिसी क्यामेरा जडान कार्य सुरु गरिएको बताएको छ । जिल्ला भरिका मानिसहरुको धेरै चहलपहल हुने खलंगा बजारमा सिसी क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुको भनाइ छ ।

खलंगा बजारमा सिसि क्यामारा जडान हुँदै

किल बिलको रिमेकमा कृति

खलंगा बजारमा सिसि क्यामारा जडान हुँदै

मजदुरिका लागि भारत जाँदै गरेका नेपाली नागरिकबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!