रूसमा रमाउँदै तापसी

मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु अहिले रूसमा छिन्। कोरोना भाइरसको दोस्रो लहरले भारतमा प्रभाव जमाएपछि तापसी छुट्टी मनाउन रूस पुगेकी थिइन्।

भारतीय चलचित्रको सुटिङलगायतका काम अझै सुचारु नभएका कारण उनी रूसका विभिन्न स्थानको घुमघाममा व्यस्त छिन् ।

उनी आफू मात्रै रूसका सुन्दर ठाउँहरू घुम्ने होइन, आफूले घुमेका स्थानहरूको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर आफ्ना फ्यानहरूलाई पनि जानकारी दिइरहेकी छन्। उनले इन्टाग्राममा सेयर गरेका तस्बिरमा उनका फ्यानहरूले राम्रै प्रतिक्रिया दिइरहेका छन्।

तापसी पन्नु केही न केही कारणले चर्चामा रहिरहने अभिनेत्री हुन्। उनी भारतीय चलचित्र उद्योग (बलिउड) मा महिला सशक्तीकरणको अभियानलाई पनि अगाडि बढाइरहेकी छन्। तापसी पछिल्लो समयकी निकै व्यस्त अभिनेत्री हुन्।

उनी सदैव सुटिङमा व्यस्त भइरहन्छिन्। भारतमा कोरोनाको दोस्रो लहर सुरु हुनुअघि थुप्रै चलचित्रमा अभिनय गर्ने सम्झौता गरेकी थिइन्।

केही वर्षअघि मात्र बलिउडमा डेब्यु गरेकी तापसीले लामो समयदेखि क्रियाशील अभिनेत्रीहरूलाई पछाडि छाड्दै आएकी छन्। उनी गत वर्ष अनुभव सिन्हाको चलचित्र ‘थप्पड’का कारण चर्चामा आएकी थिइन्।

उनको अभिनयको धेरैले प्रशंसा गरेका थिए। तापसी हसिन दिलरुबा, रश्मी रकेट, दो बारा, लुप लपेटा र साबास मिठ्ठुलगायतका चलचित्रमा देखिँदै छिन्।

सन् २०१० मा तेलेगु चलचित्र ‘झुमन्डी नाडम’बाट रंगीन पर्दामा डेब्यु गरेकी तापसीले हिन्दी, तेलेगु र तमिल भाषाको चलचित्रमा पनि अभिनय गरिसकेकी छन्। उनले डेभिड धवनको ‘चस्मे बद्दुर’बाट बलिउडमा इन्ट्री गरेकी थिइन्।

उनले दुई फिल्म फेयर अवार्ड जितिसकेकी छन् भने सन् २०१८ मा फोब्स इन्डियाको एक सय सेलिब्रेटीको सूचीमा पनि पर्न सफल भएकी थिइन्।

रूसमा रमाउँदै तापसी

मजदुरिका लागि भारत जाँदै गरेका नेपाली नागरिकबाट

रूसमा रमाउँदै तापसी

१८ करोड ऋण लिएर अजयले खरिद गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!