विश्वकप छनौट : बेल्जियमले वेल्सलाई हरायो, फ्रान्सले युक्रेनसँग बराबरी खेल्यो

काठमाडौं । फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले विश्वकप फुटबल २०२२ को छनौट चरणको खेलमा सहज जित निकालेको छ ।

युरोपेली क्षेत्रको छनोट चरण अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा बेल्जिमयका लागि २२ औँ मिनेटमा केविन डी ब्रूयना, २८ औँ मिनेटमा थोर्गन हजार्ड र ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरे ।

वेल्सका लागि १० औँ मिनेटमा ह्यारी विल्सनले गोल गरि सुरुवाति अग्रता दिलाएका थिए । विल्सनको गोलबाट लिएको अग्रता वेल्सले जोगाउन सकेन र हार व्यहोर्‍यो । गएराति नै भएको समूह ई अन्तर्गत अर्को खेलमा चेक गणतन्त्रले इस्टोनियालाई ६–२ ले पराजित गरेको छ । समूह एको पोर्चुगलले अजरबैजानलाई १–०ले हराएको छ। यस्तै समूह डीमा रहेको फ्रान्स युक्रेनसँग एक एकको बराबरीमा रोकियो ।

यसैबिच समूह जी अन्तर्गतको खेलमा टर्कीले नेदरल्याण्डसलाई ४–२, मोन्टेनेग्रोले लात्भियालाई २–१ तथा नर्वेले जिब्रालटारलाई ३–० ले पराजित गरेका छन् । यसैगरि समूह एच अन्तर्गत भएको खेलमा रुसले माल्टालाई ३–१ तथा स्लोभेनियाले क्रोएसियालाई १–० ले पराजित गर्दा स्लोभाकिया र साइप्रसले गोलरहित बराबरी खेलेका छन् ।

विश्वकप छनौट : बेल्जियमले वेल्सलाई हरायो, फ्रान्सले युक्रेनसँग बराबरी खेल्यो

दुर्गमका किसानलाई बैंक र सहकारीबाट सेवा लिनै

विश्वकप छनौट : बेल्जियमले वेल्सलाई हरायो, फ्रान्सले युक्रेनसँग बराबरी खेल्यो

कोरोना संक्रमण फैलने त्रासका कारण सीमावर्ती भारतीय

Leave a comment

Your email address will not be published. Required fields are marked *