कोरोना संक्रमण फैलने त्रासका कारण सीमावर्ती भारतीय सहरमा जान रोक

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती सहर रुपैडिया जान रोक लगाएको छ ।

भारतबाट कोरोना संक्रमण नेपालमा भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ‘डिसिसिएमसी’को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णयसमेत गरेको छ । लक्षण देखिएका बिरामीको एन्टिजेन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले बताए । उनका अनुसार कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारेन्टिन निर्माणलगायत आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

कोरोना संक्रमण फैलने त्रासका कारण सीमावर्ती भारतीय सहरमा जान रोक

विश्वकप छनौट : बेल्जियमले वेल्सलाई हरायो, फ्रान्सले

कोरोना संक्रमण फैलने त्रासका कारण सीमावर्ती भारतीय सहरमा जान रोक

एमयूकाे प्रवेश परीक्षा पुन संचालन गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *