महाधिवेशन कार्यातालिका प्रभावित भएपछि काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
यही चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘महाधिवेशन तयारीका विषयमा छलफल गर्न सभापतिको निर्देशानुसार २० गतेका लागि बैठक बोलाइएको छ ।’
यसअघिको केन्द्रीय कार्यसमितिले चैत १० सम्म जिल्लाबाट क्रियाशील सदस्यता नवीकरण तथा वितरणको विवरण सफ्टवेरमा इन्ट्री भइसक्नुपर्ने अन्यथा सो जिल्लालाई महाधिवेशनमा सहागी नगराउने निर्णय गरेको थियो । तर, सो समय सिमामा ६८ जिल्लालेमात्र विवरण इन्ट्री गरेका छन् । ९ वटा जिल्लाले विवरण नै इन्ट्री नगरेकाले ती जिल्लाबाट निर्णय लिन केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।
यसअघि चैत् १० मा बसेको पूर्व तथा वर्तमान पदाधिकारी बैठकमा क्रियाशील छानविन समितिले हालसम्मको प्रगतीबारे जानकारी दिएको थियो । त्यसअनुसार ३ लाख ८० हजारभन्दा धेरैको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिएको छ ।






