बेलायती राजकुमार ह्यारीले सुर गरे नयाँ जागिर

बेलायती राजकुमार ह्यारीले नयाँ जागिर सुरु गरेका छन् । उनले सिलिकन भ्यालीको स्टार्टअप ‘बेटरअप’ को चिफ इमप्याक्ट अफिसरका रुपमा काम थालेका अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएकोछ।
बेटरअप र राजकुमार ह्यारीका प्रवक्ताले पनि नयाँ भूमिका बारे पुष्टि गरेका हुन् । बेटरअपले सेवाग्राहीलाई कोचिङ्ग तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्छ ।
कम्पनीको वेबसाइटमा ह्यारीलाई नेतृत्व टिमको सदस्यका रुपमा सूचिकृत गरिएको छ । उनलाई ‘ह्युमेनेटेरियन, मिलिटरी भेट्रान, मेन्टल वेलनेस एड्भोकेट र इन्भारोमेन्टलिस्ट’ का रुपमा परिचित गराइएको छ ।






