हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् ।

यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले यसको चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि कैलालीलगायतका अन्य जिल्लामा पनि बीच सडकमा रुख छाडेर सडक कालोपत्रे गरिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकमा यस्तो लापारबाही हुनु हास्यास्पद भएको स्थानीय वासिन्दा बताउँछन् । वीरगञ्जदेखि ठोरीसम्मको उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरी हुलाकी सडक आयोजना कार्यालयले दुई ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ ।

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

रियलले लिभरपुलसँग घरेलु मैदानमै खेल्ने

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

बेलायती राजकुमार ह्यारीले सुर गरे नयाँ जागिर

Leave a comment

Your email address will not be published. Required fields are marked *