२०८३ जेष्ठ ३० गते
×

Now Playing

सटर फुटाएर मोवाइल चोरेको आरोपमा २ जना पक्राउ

बर्दियाबाट सटर फुटाएर मोवाइल चोरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।


बुधबार राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा पाएकोे हो ।
मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अरोपीहरुको साथबाट प्रहरीले चारवटा मोवाइल बरामद गरेको छ ।

सटर फुटाएर मोवाइल चोरेको आरोपमा २ जना पक्राउ

घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष । सम्झनामा

सटर फुटाएर मोवाइल चोरेको आरोपमा २ जना पक्राउ

सोनिकासँग क्रिकेटर विनोदले गरे इन्गेजमेन्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *