घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष । सम्झनामा दीप प्रज्वलन

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनामा निधन भएको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकका स्मृतिमा आज दीप प्रज्वलन आयोजना गर्यो ।

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झानामा राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले यसपटक दीप प्रज्वलन गरिएको बताए । श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा ।
हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा । तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा।दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा । चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।
विश्वमै पहिलोपटक वन जङ्गलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो ।






