धनुबास नमुना जेसीज गाउँलाई सौर्यलाईट र खाद्यान्न

भेरीगंगा,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका १ मा रहेको धनुबास नमुना जेसीज गाउँलाई सौर्यलाईट तथा खाद्यान्न हस्तान्तरण गरिएको छ ।

भेरीगंगा जेसीज बर्ष २०२१ को आयोजना तथा Rotari International District 3292 Rotari Nepal Litaricy Mission एवम् रेरि बाँकेको सहयोगमा ५६ घरपरिवारलाई सौर्यबत्ति र ३२ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

भेरीगंगा जेसीज बर्ष २०२१ का अध्यक्ष रामु सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा Rotari International District 3292 Rotari Nepal Litaricy Mission का DG सन्तोष रिजालको प्रमुख आतिथ्यता एवम् रेरि बाँकेका अध्यक्ष पुजित बिक्रम शाहको विशिष्ट आतिथ्यता तेस्तै उक्त कार्यक्रममा Rotari International रेरि बाँकेका अन्य पदाधिकारी एवम भेरीगंगा जेसीजका पदाधिकारी र जेसिज नमुना गाउँका ६० जना भन्दा बढिको उपस्थिति रहेको भेरीगंगा जेसीजका महासचिव एवम् वडा न.१ का वडा अध्यक्ष नबराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रम को संयोजन नेपाल जेसिज का पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा Rotari international rotariyan तिर्थ पौडेलले गर्नु भएको थियो ।

धनुबास नमुना जेसीज गाउँ मिती २०७७ फागुन ११ गते मंगलबार जेसीजले धनुबासको आर्थिक,सामाजिक,शिक्षा,चेतना स्वास्थ्य,सरसफाइ र खेलकुदका सुचकलाई बिकाश गर्नको लागी स्थानिय संघसस्था,राजनितिक पाटी,स्थानिय तह तथा बुद्धिजिबीहरुको सकृय सहभागीतामा धनुबास नमुना जेसीज गाउँ घोषणा गरेको थियो ।

धनुबास नमुना जेसीज गाउँलाई सौर्यलाईट र खाद्यान्न

फवादको शानदार शतकीय इनिङमा पाकिस्तान बलियो

धनुबास नमुना जेसीज गाउँलाई सौर्यलाईट र खाद्यान्न

YUGAAWHAN NATIONAL DAILY (2078-05-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *