‘माया पिरेम’को टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको ‘माया पिरेम’ बोलको गीतमा टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिने निर्माणपक्षले बताएको छ । हालसम्म २० लाख भन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्रि इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजक ट्रि इन्टरटेन्मेन्टले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने बताएको छ ।

आयोजकले दिएको ह्यास्टट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगीताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ७५ हजार, तेश्रो हुनेले ५० हजार, चौथो हुनेले ३५ हजार, पाँचौ हुनेले २५ हजार, छैटौ हुनेले २० हजार, सातौ हुनेले १५ हजार, आठौ हुनेले १२ हजार, नवौं हुनेले १० हजार र दशौं हुनेले ८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय छ ।

डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

‘माया पिरेम’को टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार

गगन थापा : सरकारले गति पक्रन सकेन

‘माया पिरेम’को टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार

माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिको बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!