गगन थापा : सरकारले गति पक्रन सकेन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाए हुन ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छल ।’ उनले भने, ‘यो बेला सम्हालिनु पर्नेछ । हाम्रा अगाडी केही मौकाहरु अहिले पनि छन् ।’

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडी ल्याउन ढिलाई गर्न नहुने बताए ।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह पनि गर ।

गगन थापा : सरकारले गति पक्रन सकेन

कर्णाली सरकारकाे निर्णय : बाढी पहिरोमा परी

गगन थापा : सरकारले गति पक्रन सकेन

‘माया पिरेम’को टीकटक बनाउनेलाई ८ हजारदेखि १

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!