कर्णाली सरकारकाे निर्णय : बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख उपलब्ध गराउने

कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।

साथै बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ । विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिञ्चाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्न मुख्यमन्त्री शाहीले निर्देशन समेत गरेका छन् ।

कर्णाली सरकारकाे निर्णय : बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख उपलब्ध गराउने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको

कर्णाली सरकारकाे निर्णय : बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख उपलब्ध गराउने

गगन थापा : सरकारले गति पक्रन सकेन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!