अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिवान लडाकु मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिवान लडाकु मारिएका छन्।

रक्षा मन्त्रालयले जारी विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ। कारबाहीमा अरु ५ जना तालिवानी लडाकू पनि घाइते भएका थिए ।

सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले विद्रोही तालिवानको एउटा कारबम, तीन वटा मोटरसाइकल सहित ठूलो संख्यामा हातहतियार बरामद भएको जनाएको  छ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिवानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ।

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिवान लडाकु मारिए

भारतलाई अमेरिकी झट्का : मुद्रा चलखेलकर्ता सूचीमा

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिवान लडाकु मारिए

महाराष्ट्रको एक अस्पतालमा अक्सिजन चुहावट, कम्तीमा २२

Leave a comment

Your email address will not be published. Required fields are marked *