महाराष्ट्रको एक अस्पतालमा अक्सिजन चुहावट, कम्तीमा २२ को मृत्यु

एजेन्सी । भारत महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक चुहावट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अस्पतालमा जम्मा १५० बिरामीहरू थिए जसमा २३ जना भेन्टिलेटरमा राखिएको थियो ।

अक्सिजन चुहावटको कारण अस्पतालमा आधा घन्टा आपूर्ति अवरुद्ध भएको बिबिसीले जनाएको छ। सिक नगर निगमका आयुक्त कैलाश जाधवले भने, ‘प्राविधिकको सहयोगमा चुहावट रोकिएको छ।’ घटनाबारे छानबिन सुरू भएको र दोषीलाई कडा कारबाही गर्ने जाधवले बताएका छन् ।






