भारतलाई अमेरिकी झट्का : मुद्रा चलखेलकर्ता सूचीमा राखिदियो

एजेन्सी । अमेरिकाले भारतलाई मुद्रा चलखेलकर्ता (करेन्सी म्यानुपुलेटर्स) निगरानी सूचीमा राखिदिएको छ । भारत सरकार अधिकारीहरूले भने यस्तो सूचीमा पर्नुको कारण थाहा नभएको र आफूहरू अचम्ममा परेको प्रतिक्रिया दिएका छन् ।
वाणिज्य सचिव अनूप वधावनले नै अमेरिकी कदमपछि आफूले कुनै आर्थिक तर्क फेला नपारेको जिकिर गरेका छन्। केन्द्रीय रिजर्भ बैंकले मार्केट फोर्सेज अनुसार मुद्रा संग्रह गर्ने उनले बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो साता अमेरिकाको वित्त मन्त्रालयले भारत, सिंगापुर, थाइल्याण्ड र मेक्सिको समेत १० देशलाई मुद्रा अपचलनकर्ता सूचीमा राखेको छ ।
अमेरिकाले यी मुलकको मुद्रा मौज्दात र अन्य तरिकाबारे सुक्ष्म निगरानी गर्नुपर्ने बताइरहेको छ । भारतले सन् २०२० मा २४ अर्ब डलर द्विपक्षीय व्यापार बचत गरेको, तर वित्तीय बचत भने ८ अर्ब डलर मात्रै देखाएको अमेरिकी आरोप छ ।
अमेरिकाले भारतलाई अव्यवस्थित बजार स्थिति हटाउन र अधिक रिजर्भ नगरी विदेशी मुद्रा हस्तक्षेप सीमित पार्न भनेको छ ।






