पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन ।

१३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ७५ तथा एन्टिजेन विधिबाट १ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको ।





