आवास अधिकार सम्बन्धि सल्लिवजारमा सरोकारवालासँग अन्तक्रिर्या

दुर्गा विसि ,४ सुर्खेत । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका,१ सल्लिवजारमा आवास अधिकार सम्बन्धि सरोकारवालाहरु विच अन्तक्रिर्या कार्यक्रम आयोजना गरिएको छ । सल्यान जिल्लाकै आवासको दृष्टिले निकै समस्याका रुपमा देखा परेको सल्लिवजार स्थानीयले सडकको कर तिरिरहेका छन् । सडकले आनो क्षेत्राअधिकार सिमांकन,नामकांन नगर्दा स्थानीय सडककै कर तिर्न वाध्य छन् ।
सडक स्तरवृद्धि र सडक अतिक्रमण गरि वनाएका घरटहरा हटाउने कार्य समेत नगरको एका देशको कथा भएको कार्यक्रम सहभागीको भनाइ रहेको थियोे । छिन्चु जाजरकोट सडक खण्ड र रुकुम पश्चिम पुग्ने चौहरजारी सडकको लगत कट्टा नगर्दा यहाँ स्थानीयले सडकको कर तिरिरहेका छन् ।

अव्यवस्थित वसोवासले समेत कुरुप सल्लि वजार झन कुरुप वन्दै गएको वजार व्यवस्थापन समितिका अध्यक्ष शिव वलिले वताए । यसको स्थानीय सरकारले चासो दिनुपर्ने हो तर सुरुमै सल्लिमा रहेको प्रतीक्षालय हटाएर नौटंकी गरेको कार्यक्रम सहभागीले वताए । इन्सेक सल्यानले आवस सम्बन्धि सरकारवाला निकायसँग अन्तरक्रियामुखि कार्यक्रमको आयोजना गरेको थियोे ।
सडक व्यवस्थित गरि सल्यान पश्चिममा अव्यवस्थित वसोवासलाइ राज्यले व्यवस्थापन गर्नु पर्ने कुरामा जोडदिएको थियोे । वडा अध्यक्ष शान्त कुमार यरिको प्रमुख आतिथ्यता र मानव अधिकार रक्षक समुहका संयोजक तिलक नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण इन्सेक सल्यानका कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले गरेका थिए ।
वडा अध्यक्ष यरिले आवास व्यवस्थापनका लागि सबै पक्षको सहयोग जरुरी छ ।अझै नगरपालिकाले थप कदम चाल्नुपर्ने भनाइ रहेको थियोे । हाल सम्म आवस सम्बन्धि कुनै नीति नहुनु दुखद कुरा भएको उनको भनाइ थियोे ।






