नेप्सेमा १ सय १४ अंकको गिरावट

काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ दशमलव २ अंकले घटेर २ हजार ७ सयमा झरेको छ।
आज साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम ( तरलता ) अभावको असर सेयर बजारमा देखिएको बजारका जानकारहरू बताउँछन्। तरलता अभाव भए पछि बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका छन्।


सोमबार धेरै सेयर मूल्उ घट्नेमा फाइनान्स कम्पनीहरू छन्। गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स लगायतका कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले घटेको छ।   जलविद्यतुमा जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

यो कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको हो। यसैगरी प्रोगेशिभ फाइनान्सको पनि मूल्य १० प्रतिशतले नै घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी लगायतका कम्पनीको सेयर मूल्य पनि भारी अंकले घटेको छ।

नेप्सेमा १ सय १४ अंकको गिरावट

 कालापहाड जानुपर्ने बाध्यता हट्याे 

नेप्सेमा १ सय १४ अंकको गिरावट

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *