स्थानीयतर्फ मतगणना सकियाे, खिमलालको अग्रता

काठमाडाैं : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकिएको छ। स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३३ जनाले मतदान गरेका थिए।

जसमा खिमलाल देवकोटाले १ सय २८, रामबहादुर थापा बादलले १ सय ३ र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्। स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ मतभार रहेको छ।

अब प्रदेशसभा सदस्य तर्फको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।

स्थानीयतर्फ मतगणना सकियाे, खिमलालको अग्रता

कोरोना नियन्त्रण जनताबाटै सम्भव

स्थानीयतर्फ मतगणना सकियाे, खिमलालको अग्रता

घुँयत्राे : हैन ! कमरेडहरु सुर्खेतको अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *