घुँयत्राे : हैन ! कमरेडहरु सुर्खेतको अस्पताल केन्द्रले लग्यो भनेर किन रुवाबासी ?

हैन ! कमरेडहरु सुर्खेतको अस्पताल केन्द्रले लग्यो भनेर किन रुवाबासी ? अघिपछि अस्पताल जिउँदो छकी मर्या छ ? त्यो अस्पताल होकी बधशाला, त्याँ औषधि गर्न मान्छेलाई ल्याउँछन् कि पशुलाई,, त्याँ उपचार हुन्छ कि मान्छेलाई अचार बनाईन्छ ?
कुनै अत्तोपत्तो नगर्ने कमरेडहरु अहिले केन्द्र सरकारले कोरोनाका नामाँ करोडौँ करोड रकम दिने निर्णय गरेछि त्यै रकमका लागि लुछाचुँडि गर्न रुवाबासी गर्या त होलान् । क्षेत्रीय अस्ताललाई प्रदेश सरकारको हाताँ ल्याएर करोडौँ रुपियाँ कमाउने सपना देख्या कर्नालीका मन्त्रीहरूले तीन बर्षसम्म अस्पतालका नाममा चुस्नु चुसे ।
अनि जब कोरोनाले उतपात मच्चायो, तब चुपचाप मान्छ्या लास गनेर बस्या कर्नाली सरकार केन्द्र सरकारले उपचारका लागि रकम दिने निर्णय गरेसँगै प्रदेश सरकारको बेथितिसँगै अस्पताललाई लावारिस नगराएर आफ्नो संरक्षणाँ लिने निर्णय गरेछि माओका मरेडहरुमा रुवाबासी चल्याछ ।
राजनीति गरेर कमाउधन्दा चलाकाहरु त रुवाबासी गर्नु ठिकै हो । तर आँफुलाई समाजका ऐनाहुँ भनेर हुँक्कार हाल्नेहरुनी बुझ्नु न सुझ्नु तिनै नेतासित कुद्नु गर्या देख्दा अचम्मै लाछ । गरेरै खाने भए त यतिका वर्षसम्म यो अस्पताललाई जिम्मा ल्या सरकारले अस्पतालाँ चाहिने सब्बै सुविधाले सुसज्जित गराभा प्रदेशले लग्या अस्पताल केन्द्रले किन लिन्थ्यो र ?
यो खाई न पाईको रुवाबासी किन गर्नु । त्यै पनि पहिलेका संरचना चाहिन्नन्, त्यसाँ राजा र पन्चायत टाल्लिया हुन्छ । त्यसैले अर्काे बनाउनपर्छ भन्ने माओवादीहरुले अर्काे अस्पताल बनाएर लुटि खाने मेसो मिलाए भैगो नी । सरकार आफ्नै छ, जनता लागि विकास निर्माण गरेर कर्नाली बनाउँ भन्ने सोच नभएर कार्यकर्ता बनाम् भन्ने भावनाले सरकार चला कर्नाली सरकारलाई प्रदेश अस्पताल जस्तै सोनेका अण्डा दिने मुर्गाका रुपाँ अर्काे अस्पताल बनाए भैगो नि ।
आँफुले बनाएछि कुचिकारदेखि डाक्टर नर्स प्रशाशक ठेक्दार कटकन्दार सब्बै आफ्नै कार्यकरता बनाउन कसैले रोक्न सक्दैन । बरु अब वजेट बनाउने बेलानी भो क्यारे । त्यै बेलाँ पर्देशको भा बजेट जति अस्पताल बनाउनेमा राखेर दुईटै हातले सोहोरे भैगो । त्यसैले साथी हो, अक्सिजन उत्पादन गर्ने योजनाँ पैसा हालेर जेनेटर किनेर बिल बनाएर योजना निर्माण भा भनेर पैसा खाने तिमीहरुको प्रदेशाँ भष्टाचारका कथा लेखेर साध्य छैन ।
त्यसैले अब त तिमीहरुरले जनतालाई अमृत नै दिएनी जनताले बिषै देको भनेर पिउन मान्दैनन् । जब अस्पतालमा मान्छे मर्ने अवस्थाले डाँडो काट्न थालेपछि अस्पतालले गुहार माग्दा डाक्टरको जागिर खान धम्कि दिने तिमीहरुजस्ता नेताले कर्नाली बनाउन सक्दैनौ भन्ने जनताले बुझिसके । त्यसैले तिमीहरुको रोईलोले केही फरक पार्नेवाला छैन ।
वेदर्षि






