महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेको छ । शनिबार बिहान १० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ७४ हजार २३३ क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नदी तटीय क्षेत्रमा प्रहरीको युनिटलाई सर्तक अवस्थमा राखिएको छ ।

‘बाढीले प्रभावित गर्न सक्ने क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा लागेका छौं,’ उनले भने, ‘अहिलेसम्म अवस्था सामान्य रहेको छ।’ महाकाली नदीमाथि निर्माणाधीन नयाँ पुलतर्फ जाने ६ लेनको सडक मार्गको आवागमन प्रहरीले बन्द गरेको छ ।

महाकाली तटीय क्षेत्र भुजेल लगायतका बासिन्दालाई सचेत गरिएको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको दार्चुलामा पानीको बहाव ६ दशमलब ३७ मिटर रहेको छ ।

डडेल्धुराको परिगाउँमा पानीको बहाव ६ दशमलव ४७ रहेको छ। छ मिटरभन्दा बढीको बहावलाई जोखिमयुक्त मानिन्छ ।

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रहेनन चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सलमानका फिल्म अस्वीकार गरेका बलिउड अभिनेत्री

Leave a comment

Your email address will not be published. Required fields are marked *