सलमानका फिल्म अस्वीकार गरेका बलिउड अभिनेत्री

एजेन्सी । बलिउड उद्योगका लोकप्रिय अभिनेता सलमान खानसँग फिल्म खेल्न नचाहाने अभिनेत्री सायदै कोही होला ।

उनीसँग एउटा फिल्म खेलेर चर्चित हुन चाहाने अभिनेत्रीहरुको संख्या निकै ठूलो छ ।

सलमानका थुप्रै सुपटहिट फिल्म छन् । युवापुस्ता र मध्यम उमेरका हर दर्शकका लागि लोकप्रिय सलमानका केही प्रस्ताव अस्वीकार गर्ने अभिनेत्री पनि बलिउडमा छन् ।

सलमानले फिल्म खेल्न प्रस्ताव गरे पनि उनीहरुले सलमानसँग फिल्म खेल्न मानेनन् ।

ऐश्वर्या राय बच्चन

अभिनेत्री ऐश्वर्या र सलमानले एकसाथ फिल्ममा काम गरेका छन् । तर, फिल्म खेल्दा खेल्दै सलमान र रायबीच प्रेम पलायो ।

प्रेमसम्बन्धमा खटपट आएपछि सलमानसँग ऐश्वर्याले फिल्म खेल्न मानिनन् । सलमानले उनलाई धेरै पटक फिल्म अफर गरेका थिए ।

दीपिका पादुकोण

दीपिकाले अभिताभ बच्चन, शाहरुख खान, सैफ अली खान, रणवीर कपूर जस्ता अभिनेतासँग फिल्म खेलेकी छन् ।

तर, उनले सलमानसँग फिल्म खेलिनन् । सलमानसँग फिल्म खेल्न दीपिकालाई धेरैपटक अफर गरिएको थियो तर उनले सलमानसँग कहिल्यै फिल्म खेलिनन् ।

उर्मिला मातोन्डकर

उर्मिलाले सलमानसँग “जानम समझा करो” मा एकसाथ काम गरिन् ।

तर त्यसपछि उनले सलमानसँग काम गर्न कहिल्यै राजी भइनन् ।

सोनाली बेन्द्रे

सोनाली र सलमानले ब्लकबस्टर फिल्म “हम साथ साथ है” मा देखिएका थिए ।

तर सोनालीले त्यसपछि कहिल्यै सलमानसँग काम गरिनन् ।

ट्विंकल खन्ना

सलमान र खन्नाले एकसाथ “जब प्यार किसी से होता है” मा एकसाथ काम गरेका थिए ।

तर, त्यसपछि सलमानसँग खन्नाले कहिल्यै काम गरिनन् ।

कंगना रनौत

कंगना रनौतले सलमानसँग फिल्म खेल्न धेरै पटक अस्वीकार गरिन् ।

कंगनाले ब्लकबस्टर फिल्म “सुल्तान” मा काम गर्न पनि अस्वीकार गरेकी थिइन् ।

कंगनालाई उक्त फिल्म खेल्न अफर गरिएको थियो ।

सलमानका फिल्म अस्वीकार गरेका बलिउड अभिनेत्री

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा

सलमानका फिल्म अस्वीकार गरेका बलिउड अभिनेत्री

रगत जम्ने समस्याबाट छुटकारा दिने ५ जुस

Leave a comment

Your email address will not be published. Required fields are marked *