रहेनन चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खा सिंह

चर्चित भारतिय एथ्लेट्स मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ। चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए। पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ।

उनले कोरोनाकै कारण ५ दिन अघि मात्रै ८५ वर्षिय पत्मी निर्मल कौरलाई गुमाएका थिए। उनी पुर्व भारतीय भलिबल कप्तान रहेकी थिइन्। मिल्खाको १५ दिन अघिदेखी चण्ढीगढमा आइसियुमा राखेर उपचार भइरहेको थियो। ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो। २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

१९५८ मा टोकियोमा आयोजना भएको एसियन गेममा उनले २०० र ४०० मिटर तथा राष्ट्रमंडल ४०० मिटरमा स्वर्ण जितेका थिए। उनलाई भारत सरकारले पद्म श्रीले सम्मान गरेको थियो। त्यस्तै, १९६४ मा एसियन गेममा थप २ स्वर्ण जितेका थिए।

मिल्खा सिंह ‘फ्लाइङ सिख’को उपनामले समेत चर्चित छन्। मिल्खा सिंहको जीवनमा आधारित रहेर २०१३ मा एक हिन्दी फ्लिम भाग मिल्खा भाग बनेको थियो। मिल्खाका तीन छोरी र एक छोरा रहेका छन्।

रहेनन चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खा सिंह

चीनमा ९७ करोडलाई लगाइयो कोभिडविरुद्धको खोप

रहेनन चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खा सिंह

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा

Leave a comment

Your email address will not be published. Required fields are marked *