सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते आरटी पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको ओलीले बताए।  कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गरिएको थियो।

मुख्यमन्त्री भट्टकी आमा शारदा भट्टको वैशाख २३ गते मृत्यु भएको थियो। डोटीको केआईसिंह गाउँपालिका–६,पलेडीस्थित घरमै निधन भएपछि आमाको दाहसंस्कारका लागि मुख्यमन्त्री भट्ट त्यहाँ गएका थिए।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

तस्करीको काठ ओसार्न सरकारी गाडीको प्रयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *