तस्करीको काठ ओसार्न सरकारी गाडीको प्रयोग

बारा ।  निषेधाज्ञाको मौका छोपेर बारामा काठ तस्करी बढेको पाइएको छ। काठ तस्करीमा सरकारी गाडी नै प्रयोग भएको फेला परेको हो। जीतपुरसिमरा उपमहानगरपालिकाको ना १ ग ७६२ नम्बरको सरकारी टिपरलाई शसस्त्र प्रहरीले तस्करीको काठ र चालक सहित नियन्त्रणमा लिएको छ।

शसस्त्र प्रहरी गण पिलुवाले आइतबार (हिजो) राति १३ थान चिरान (करिव १० क्यूवफिट) कडी र टिपर चालक सुनिल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।

चालक र चोरीको काठसहित टिपर डिभिजन वन कार्यालय बाराको नियन्त्रणमा राखिएको छ। लकडाउनको समयमा गुडेका गाडीहरुमा चेकजाँच गर्ने कम्रमा शसस्त्र प्रहरीको पिलुवा चेकप्वाइन्टमा नगरपालिकाको सरकारी गाडीमा प्रमाण नखुलेको काठ सहित चालकलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी उपरीक्षक मनोज थापाले जानकारी दिए।

थापाका अनुसार चालक चौधरीसँग रहेका एकजना भने जंगलतर्फ भागेका छन्। सो काठ जीतपुरसिमरा–१६ टाँगिया बस्तीबाट लोड भएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन अधिकृत मञ्जुर अहमदले काठबारे अनुसन्धान भइरहेको बताए। सरकारी गाडी मै चोरीको काठ ओसारपसार हुँदा तस्करी नियन्त्रण गर्न समस्या भएको उनले बताए।

तस्करीको काठ ओसार्न सरकारी गाडीको प्रयोग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

तस्करीको काठ ओसार्न सरकारी गाडीको प्रयोग

आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा जोड्

Leave a comment

Your email address will not be published. Required fields are marked *