लिभरपुलले वेष्ट ब्रोमलाई हरायो

एजेन्सी । इङलिस प्रिमियर लिग फुबलमा लिभरपुलले वेस्ट ब्रोमविचलाई २-१ गोलले पराजित गरेकाे छ ।
निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी रहेको अवस्था खेलको ९५औ मिनेटमा लिभरपुलका लागि एलिसन बेकरले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाएका हुन्।
यसअघि लिभरपुलका लागि मोहमद सलाहले एक गोल गरेका थिए भने वेस्ट ब्रोमविचका लागि हल रोबसन कानुले एक गोल गरेका थिए ।
यो जीपछि लिभरपुल ३६ खेलमा ६३ अंकसहित पाचौँ स्थानमा नै रहेको छ। त्यस्तै रेलिगेसनमा गइसकेको वेस्ट ब्रोमविचको भने ३६ खेलमा २६ अंक रहेको छ।
लिगमा शिर्ष चारमा पर्न सघर्षरत लिभरपुलले अब बाँकी खेल मे २० मा बर्नलीसँग र मे २३ मा क्रिस्टल प्यालेससँग खेल्ने छ ।
गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ३-२ ले हराउँदा एभर्टन सेफिल्ड युनाईटेडसँग १-० ले पराजित भयो। यस्तै टोटनह्याम्सले उल्भसलाई २-०ले हरायो।






