घरेलु मैदानमा हारेसँगै ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना

काठमाडाैं : ३७ औं खेलमा घरेलु मैदान क्याम्प नोउमा सेल्टा भिगोसँग पराजित हुँद‍ा बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्रामा पूर्णविराम लागेको छ।

खेलको अन्त्यतिर १० खेलाडीमा सीमित बार्सिलोनाले यो सिजन लिगको तेस्रो स्थानमा चित्त बुझाएको छ । बार्सिलोनाका फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेगलेन्ट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

अधिकांश नियमित खेलाडी भए पनि बार्सिलोनाले हार टार्न सकेन। उसका लागि कप्तान लियोनल मेस्सीले खेलको २८ औं मिनेटमा हेडमार्फत सहज गोल गरे पनि कमजोर डिफेन्सका कारण ३८ औं मिनेटमा गोल खान पुग्यो ।

सेल्टाका सान्टी मिनाले डिबक्स बाहिरबाट क्रस बार च्यापेर गरेको शक्तिशाली प्रहार बार्सिलोनाका गोल रक्षक आन्द्रे टेर स्टेगनले पत्तै पाउन सकेनन् । आजको खेलमा शानदार प्रदर्शन गरेका मिनाले निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा दोस्रो गोल गर्न सफल भए ।

घरेलु मैदानमा हारेसँगै ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना

मुड्केचुलामा सञ्चार सुविधा, एकैसाथ तीन टावर सञ्चालन

घरेलु मैदानमा हारेसँगै ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना

लिभरपुलले वेष्ट ब्रोमलाई हरायो

Leave a comment

Your email address will not be published. Required fields are marked *